लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु, १६ सय बढी घाइते


लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु, १६ सय बढी घाइते

इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहलक्षित सोमबार गरेको हवाई आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिलासमेत रहेका लेबनान बताइएको छ। उक्त आक्रमणमा १६४५ जना घाइते भएको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको बताउको छ। आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

२०८१ मंसिर १६, आईतबार

रविको बयान सोमबार पनि निरन्तर

खोजी गर्नुहोस