नेपाल यू–१७ साफको सेमिफाइनलमा

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ आश्विन ९, बुधबार (३ हप्ता अघि)
  • ८१ पटक पढिएको

नेपाल यू–१७ साफको सेमिफाइनलमा

नेपाल यू–१७ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा घरेलु टोली भुटानमाथि २–१को पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपाल समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले ३ मध्ये २ खेल जितेको थियो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–०ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–१ले हराएको थियो।

नेपालसँगको हारसँगै आयोजक भुटान भने समूह चरणबाटै बाहिरिएको छ। उसलाई सेमिफाइनल पुग्न बराबरी नै काफी थियो भने नेपाललाई निश्चित जित चाहिएको थियो। समूह बीबाट पाकिस्तान समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ।

दबाबपूर्ण खेलमा नेपाललाई जित दिलाउन कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे भने भुटानका छिमी तोब्देन दोर्जीले गोल गरेका थिए।

खेलमा भुटानमाथि दबाब बनाएपनि पहिलो हाफको अन्त्यतिर गोलकिपरको गल्तीमा नेपालले गोल खाएको थियो। ४३औं मिनेटमा सहज बल किपरले समाप्त नकसेपछि नजिकै रहेका छिमीले गोल गरेका थिए।

दोस्रो हाफमा नेपालले भुटानमा माथि दबाब बढाएको थियो। ५५औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। कृष्णले करिब २५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए।

त्यसपछि नेपालले ८४औं मिनेटमा खेलमा अग्रता लियो। गोलकिपर पेम्बा नोर्बु भोटेको लामो पासलाई भुटानी डिफेन्डरले रोक्न नसकेपछि प्राप्त सुजलले ‘कुल फिनिसङ’ गर्दै नेपाललाई अग्रता दिलाए। जारी प्रतियोगितमा सुजलको चौथो गोल हो। उनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए।

अब नेपालले सेमिफाइनलमा समूह एको विजेता भारतसँग खेल्ने छ भने अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भीड्ने छन्। दुवै सेमिफाइनल शनिबार हुनेछ भने फाइलन सोमबार हुनेछ।

ताजा अपडेट

२०८१ कार्तिक ६, मंगलबार

विवाद रुमलिएको ओली सरकारका सय दिन

२०८१ कार्तिक ६, मंगलबार

(Untitled)

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस