काठमाण्डौँ विश्वविद्यालयमा २५औँ अन्तरराष्ट्रिय वहुजातिय साहित्य सम्मेलन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (२ हप्ता अघि)
  • ३२१ पटक पढिएको

काठमाण्डौँ विश्वविद्यालयमा २५औँ अन्तरराष्ट्रिय वहुजातिय साहित्य सम्मेलन

धुलिखेल÷काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड को संयुक्त आयोजनामा आज शुक्रबार देखि १३ गतेसम्म काठमाडौं विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुँदैछ । समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको विद्वत सञ्जाल हो । ‘मेलो सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ । यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुने आयोजकले बताएका छन ।

सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन् । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल विशेष आकर्षणका रूपमा रहनेछ । प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन–बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप–शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ। सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिनेछन् । सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ ।।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस