बनेपामा थ्रीडी सम्मेलन तथा प्रदर्शनी हुने

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (१ महिना अघि)
  • ११६ पटक पढिएको

बनेपामा थ्रीडी सम्मेलन तथा प्रदर्शनी  हुने

बनेपा ÷ ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजले बनेपामा थ्रीडी सम्मेलन र प्रदर्शनी गर्ने भएको छ । ‘थ्रीडी इनोभेसन अनलिस्ड’ नाम दिइएको उक्त प्रदर्शनी र सम्मेलन नेपालकै पहिलो भएको आयोजकको दाबी छ । विभिन्न प्राविधिक प्रस्तुतिहरू, प्रदर्शनीहरू र कार्यशालाहरू हुने आयोजकले जनाएको छ । थ्रीडी डिजाइन, थ्रीडी प्रिन्टिङ, फिल्म मेकिङ, अग्मेन्टेड रियालिटी अर्थात एआर, भर्चुअल रियालिटी अर्थात भीआर, रोबोटिक्स, एआई लगायत क्षेत्रका विषयगत प्रस्तुति, प्रदर्शनी तथा कार्यशाला हुने आयोजक ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजका सञ्चालक विक्रम मानन्धरले जानकारी दिनुभयो । नेपालका प्रख्यात प्रविधि विशेषज्ञ, उद्योगका अगुवा र नवप्रवर्तनकर्ताहरूले थ्रीडी प्रविधि, यसको भविष्य, र यसका अवसरहरूका बारेमा छलफल गर्ने आयोजकको भनाइ छ ।थ्रीडि प्रविधि र डिजिटल ‘नवाचार’मा रुचि राख्ने विद्यार्थी, पेशाकर्मी, उद्यमी र प्रविधिप्रेमीहरूका लागि ‘अत्यन्त महत्वपूर्ण मञ्च प्रदान गर्ने’ उनले दाबी गरे । नेपालमा प्रविधि र नवाचारको विकासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य सम्मेलनले राखेको छ । बनेपा नगरपालिकाको अगुवाईमा हुने सम्मेलन र प्रदर्शनीमा लियो क्लव अफ बनेपा, रोट्ट्रयाक क्लव अफ बनेपा, रोट्ट्रयाक क्लव अफ पनौती, बनेपा जुनियर जेसीज, काभ्रे बहुमखी क्याम्पस लगायतका संस्थाले सहकार्य गरेका छन् ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस