काठमाडौं विश्वविद्यालय अन्तर्राष्ट्रिय बहुजातीय साहित्यिक सम्मेलन

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन ११, शुक्रबार (२ हप्ता अघि)
  • १७३ पटक पढिएको

काठमाडौं विश्वविद्यालय अन्तर्राष्ट्रिय बहुजातीय साहित्यिक सम्मेलन

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन आयोजना भइरहेको छ।

आजबाट सुरु भएको २५औं संस्करणको अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (मेलो) र काठमाडौं विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गरेका हुन्।

आजबाट सुरु भएको गतेदेखि १३ गतेसम्म चल्ने सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।

८० राष्ट्रिय र १२० अन्तर्राष्ट्रिय गरी जम्मा २ सय जनाको सहभागीता रहेको सम्मेलनमा १२० वटा कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसागको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटालगायतको समूह छलफल विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिनेछन्।

सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाा बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास आयोजकले लिइएको छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस