कबि सुर्यप्रसाद लाकोजूको कबिता संग्रह “घामको पर्खाल” को लोकार्पण

  • काभ्रे खबर
  • / कविता /
  • २०८१ आश्विन ११, शुक्रबार (२ हप्ता अघि)
  • १३७ पटक पढिएको

कबि सुर्यप्रसाद लाकोजूको कबिता संग्रह “घामको पर्खाल” को लोकार्पण

कवि सूर्यप्रसाद लाकोजूको नयाँ कविता संग्रह घामको पर्खाल सार्वजनिक भएको छ ।

साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, समालोचक प्रा डा कुमार कोइराला, ध्रुब मधिकर्मी, कवि लाकोजूले संयुक्त रूपमा घामको पर्खाल सार्वजनिक गरेका थिए ।

लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आएका लाकोजूको विधागत कृतका दृष्टिले यो छैठौ कवितासङ्ग्रह हो । यस अघि उनका स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम , घाम फुल्ने याम गरी पाँचओटा कवितासङ्हका कृति प्रकाशन भएका छन् ।

घामकविका रूपमा चिनारी बनाएका कवि लाकोजूको यस कवितासङ्ग्रहमा देशभक्तिको भावना बोकेका कविताहरू छन् । वर्तमान राजनीतिको विषयमा पनि कविता बोलेको छ । कविताहरूले समाजका विकृति, विसंगतिहरूलाई निर्मूल पार्नुपर्ने विचार पनि उठाएको छ । प्रेम, प्रणयका विषय पनि कविताहरूमा उठाइएको छ । यसका साथै कवितासङ्ग्रहमा मानवीय संवेगहरू, प्रवृत्तिहरूको चिरफर गर्ने काम भएका छन् । घामकवि लाकोजूको पितृभक्ति पनि कविता भएर उभिएको छ । साथै आफ्ना अग्रज तथा अभिभावकहरूप्रति श्रद्धा, आत्मिक प्रेममाथिको विश्वास, देशका सपुत र सहिदप्रति सम्मान, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि पनि कवितामा प्रभावी बनेर आएका छन् । कविता सङ्ग्रह बुक आर्ट नेपालले प्रकाशनमा ल्याएको हो ।

तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विधामा कलम चलाउँदै आएका छन् ।

कार्यक्रममा कवि लाकोजूको व्यक्तित्व र कृतित्वका बारेमा वक्ताहरू ध्रुब मधिकर्मी , डा कुमार कोइराला साहित्यकार मोहन दुवाल, समालोचक प्रा डा गोविन्दराज भट्टराई, साहित्यकार भीमप्रसाद काफ्ले, कवि रविन्द्र आशिष् शैली, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, कवि ध्रुब ताम्राकारले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कवि रुबराज थापा, पूर्ण श्रेष्ठ, हरिप्रसाद चौलागाई लगायतले घामको पर्खाल कवितासङ्ग्रहबाट कविता वाचन गरेका थिए ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस