राहत वितरण एकद्वार प्रणालीबाट तत्काल सुरु गरिने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (१ महिना अघि)
  • ५४ पटक पढिएको

राहत वितरण एकद्वार प्रणालीबाट तत्काल सुरु गरिने

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ।

सोमबार सिहंदरबारमा बसेको कार्यकारी समितिको बैठकले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौसमजन्य विपक्ष प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका सह सचिव ऋषिराम तिवारीले जानकारी दिए।

‘विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौसमजन्य विपक्ष प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने, विपदमा मृत्यु भएका व्यक्तिका परिवारलाई विषद पीडित उद्धार र राहत सम्वन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१।०३।३१ को निर्णय नं (ख) बमोजिम राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

बैठकले विपद्मा घरवास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरूका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने पनि निर्णय भएको उनले जानकारी दिए।

राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र संचालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने, बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रकृयाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने पनि निर्णय भएको छ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस