बनेपा बचतको २५ औं बार्षिक साधारण सभा सम्प्पन , रहदेव पोटेको नेतृत्व

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २०, आईतबार (१ हप्ता अघि)
  • २०७ पटक पढिएको

बनेपा बचतको २५ औं बार्षिक साधारण सभा सम्प्पन , रहदेव पोटेको नेतृत्व

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाकै पुरानो सहकारीको रुपमा रहेको बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
पूर्वमन्त्री बागमती प्रदेशका सदस्य कंचनचन्द्र वादे श्रेष्ठले साधारण सभाको उद्घाटन गरे।

वादेले बनेपा बचतले आफ्ना सदस्यको आर्थिक विकास र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्यले बनेपा क्षेत्रका केही सहकारीमा समस्या आएको भन्दै बनेपा बचतले आफूलाई वित्तिय रुपमा सक्षम बनाएको देखिएको बताए ।

जिल्ला सहकारी संघको अध्यक्ष समेत रहेका बनेपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठ, उपाध्यक्ष शान्ती लामा, महिला उपाध्यक्ष मिरा सत्याल, बनेपा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहदेव पोटे लगायतले सहकारी क्षेत्रका विभिन्न पक्षबारे चर्चा गरेका थिए । बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा ९० बर्षीय रत्नमाया मानन्धर, ८२ बर्षीय सुलोचना तौजले, ८१ बर्षीय विष्णुमाया पोटे, ७९ बर्षीय कृष्णदास मल्ली र हरिकृष्ण प्रजापति, ७६ बर्षीय शान्तीराज कायष्ठ, ७५ बर्षीय सप्तरत्न शाक्य, ७४ बर्षीय मिश्रीमाया भालु र पिताम्बर वैद्य र ७३ बर्षीय ज्ञानीमाया सैंजु छन् ।

उत्कृष्ट कारोबार गर्ने बचतकर्ता जयकृष्ण प्रजापति, उत्कृष्ट लघुवित्त सदस्य जानुका पौडेल, ऋण उत्कृष्ट कारोबार गर्ने रामकुमार कर्माचार्य, अञ्जु रञ्जित, दिलकुमारी बुढाथोकी र खुत्रुके बचत सदस्य नन्दिका पलाञ्चोके, इज्ना सोनाम, विशव भारती, रियाज मानन्धर र सदिपा आचार्यलाई लाई सम्मान गरियो ।

कार्यक्रममा जिल्ला सहकारी संघको अध्यक्षमा निर्वाचित संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठ लगायत कार्यसमिति, बाग्मती प्रदेश सहकारी संघको कोषाध्यक्षमा निर्वाचित शम्भुलाल श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य संघमा निर्वाचित संस्थाका उपाध्यक्ष रहदेव पोटे र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको केन्द्रीय सदस्य निर्वाचित संस्थाका कोषाध्यक्ष सुविन मानन्धरलाई सम्मान गरिएको थियो ।

वाग्मती प्रदेश सभा सदस्य रहेका पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले उनीहरुलाई सम्मान गरेका थिए ।

२ करोड ३२ लाख शेयर पुँजी रहेको सहकारीले यो बर्ष कुल २७ करोड ५६ लाख ७६ हजार ४ सय ३२ रुपैयाँको कारोबार गरेको छ । साधारणसभाले सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक जगदीप पलाञ्चोकेले पेश गरेको प्रतिवेदन पास गरेको छ ।

बनेपा साकोसको अध्यक्षमा रहदेव चयन

बनेपा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहदेव पोटे निर्वाचित भएका छन् ।

संस्थाको २५ औं साधारण सभा तथा अधिवेशनले पोटेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर र सञ्चालक सदस्यमा शर्मिला मल्ली, लक्ष्मीनारायण ताम्राकार, अशोक वादे श्रेष्ठ निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा जगदिप पलाञ्चोके र सदस्यमा ओमकाजी प्रजापती र रुपेन्द्र शाक्य निर्वाचित भएका छन् । निर्वाचन संयोजक महेश कुंवरले निर्वाचनको प्रमाणपत्र प्रदान गरेका थिए ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस