खानीखोलामा हेली मार्फत डिजेल मोटर बाटो खुलाउने प्रयास

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन २३, बुधबार (१ हप्ता अघि)
  • २११ पटक पढिएको

खानीखोलामा हेली मार्फत डिजेल  मोटर बाटो खुलाउने  प्रयास

खानीखोला,काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सडकखण्डहरुमा क्षति पु–याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ । सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी गरिएको छ ।

अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर्माण, सरसफाई तथा मर्मतका लागि डिजेल पु–याइसकेको छ । गाउँपालिका सम्म पुग्ने सडकहरु बाढीपहिरोका कारण क्षति भएकोले बुधबार २ हजार लिटर डिजेल नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरी गाउँपालिका पु–याइएको गाउँपालिका अध्यक्ष इन्द्रब बहादुर थिङ (छिन्ताङ) ले जानकारी दिनुभयो ।

अध्यक्ष थिङको निरन्तर प्रयास पछि गाउँपालिकामा हेलिकोप्टरमार्फत डिजेल लैजाने सफल भएको हो । २ हजार लिटर डिजेलको साथमा ५० थान व्लङकेट, ५० थान त्रिपाल र ५० पिस म्याट गाउँपालिकामा लगेका छन् ।


गाउँपालिकामा बागमती नदिले बगाएर र पहिरोले पुरिएर २ जनाको मृत्यु हुनुका साथै ३८ घर पूर्ण क्षति, ५० घर आंशिक क्षति, सिंचाई २४ वटा खानेपानी ३० वटा, खेत ३००० रोपनी बारी १००० रोपनी, लघु जलविद्युत ७ वटा पूर्ण क्षति, गोठ ४० वटा, सिक्रेदोभान पुलमा २ वटा स्काभेटर क्षति, झोलुङ्गे पुल २ वटा विनाश भएका छन् ।
गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड़ने एवं प्रदेश तथा जिल्ला सदरमुकाम जोड्ने सबै सडकहरू गरेर करिव ३०० कि.मी. सड़क पूर्ण रूपले क्षति भई आवत जावत पूर्ण रूपमा बन्द भएको छ । बागमती नदी तथा पहिरोको कारण ५० भन्दा वढि विद्युतको पोलहरू ५००० मिटर तार सहित बगाउनुका साथै क्षतविक्षेत अवस्थामा रहेकोले विद्युत आपूर्ति पूर्ण रूपले बन्द छ साथै वडा नं. ६ स्थित थुम्किमा रहेको एकमात्र नेपाल टेलिकमको टावर सम्म नेटवर्क सप्लाई अवरुद्ध भएर यस गाउँपालिका संचार विहीन अवस्थामा भएको थियो ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस