शैक्षिक सहजिकरणका लागि कांग्रेस शिक्षा शाखाको आग्रह

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन २३, बुधबार (१ हप्ता अघि)
  • १२९ पटक पढिएको

शैक्षिक सहजिकरणका लागि कांग्रेस शिक्षा शाखाको आग्रह

बनेपा/नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले पर्व पछि क्षतिग्रस्त संरचना आवश्यक सुधारसहित शैक्षिक कृयाकलाप सुचारु गर्न सहजिकरण गरिदिनुहुन सबै स्थानीय तहलाई अपिल गरेको छ ।
शिक्षा शाखा प्रमुख दिपेन्द्र पौडेलले एक विज्ञप्तिमार्फत सो अपिल गर्नु भएको हो । २०८१ असोज १२ गते देशव्यापी रुपमा बाढिपहिरोको प्रकोपका कारण सिर्जित अवस्थामा शैक्षिक क्षेत्र पनि गम्भीर असरको चपेटामा परेका कारण यसबारे सरोकार वाला निकायको ध्यानाकर्षण गराउनु भएको हो । विज्ञप्तिमा भनिएको छः “दशै तिहार पछाडी पठनपाठन सुचारु गर्दा शिक्षक–विद्यार्थीहरुको ज्यान जोखिममा पर्न सक्ने र मानसिक तनाब झेल्नुपर्ने कुरालाई ध्यानमा राखि आफुले सक्नेसम्म आवश्यक सुधार गरी शैक्षिक कृयाकलाप सुचारु गर्न सहजिकरण गरिदिनुहुन सबै स्थानीय तहलाई हार्दिक अपिल गर्दछु । साथै अन्य गम्भिर क्षतिको लगत सङ्कलन गरी शिक्षा समन्वय इकाइमार्फत नेपाल सरकार शिक्षा मन्त्रालयमा पठाउन अनुरोध गर्दछु । सो कार्यमा आवश्यक सहजिकरणका लागि नेपाली कांग्रेस शिक्षा शाखा काभ्रे सदैव तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।”

विज्ञप्तिको पूर्ण पाठः
२०८१ असोज १२ गते देशव्यापी रुपमा बाढिपहिरोको प्रकोप आएको सर्वविदितै छ । यो विपत्तीबाट थुप्रै धनजनको क्षति भयो । यो विपत्तीबाट शिक्षा क्षेत्र समेत अछुतो रहन सकेको छैन । बाढीपहिरोबाट दर्जनौँ विद्यार्थी भाइबहिनीहरुले पनि ज्यान गुमाएका छन्, उनीहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजन प्रति समवेदना प्रकट गर्दछु । साथै थुप्रै बालबालिकाहरु अभिभावक बिहिन भएका छन् र विद्यालयका भौतिक संरचनाहरुमा क्षति भएका छन् ।

अब विस्तारै बाँकी भएका आधारहरुलाई स्तम्भ बनाउँदै फेरी उठ्नुको विकल्प हामीसँग छैन । भग्नावशेष भएका भौतिक संरचनामा पुनः दशै तिहार पछाडी पठनपाठन सुचारु गर्दा शिक्षक–विद्यार्थीहरुको ज्यान जोखिममा पर्न सक्ने र मानसिक तनाब झेल्नुपर्ने कुरालाई ध्यानमा राखि आफुले सक्नेसम्म आवश्यक सुधार गरी शैक्षिक कृयाकलाप सुचारु गर्न सहजिकरण गरिदिनुहुन सबै स्थानीय तहलाई हार्दिक अपिल गर्दछु । साथै अन्य गम्भिर क्षतिको लगत सङ्कलन गरी शिक्षा समन्वय इकाइमार्फत नेपाल सरकार शिक्षा मन्त्रालयमा पठाउन अनुरोध गर्दछु । सो कार्यमा आवश्यक सहजिकरणका लागि नेपाली कांग्रेस शिक्षा शाखा काभ्रे सदैव तयार रहेको कुरा जानकारी गराउन चाहन्छु । साथै स्थानीय स्तरमा आम नागरीक तथा कृयाशिल राजनैतिक दलहरु आपसमा समन्वय गरी विद्यालयको भौतिक अवस्थाको अध्ययन गरी जोखिम नहुने तरीकाबाट शैक्षिक कृयाकलाप सञ्चालनका लागि सहजिकरण गरिदिनुहुन सविनय अनुरोध गर्दछु ।

अन्त्यमा आफ्नो घरपरीवार छोडेर यो विपत्तीको सामना गर्न स्थानीय जनसमुदायसँग रहेर राहत तथा उद्दार कार्यमा योगदान पुर्याउनुहुने जनप्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरु तथा समाजसेवी साथीहरुमा हार्दिक नमन गर्न चाहान्छु । तपाईंहरुको सेवाभाव अन्य व्यक्तीहरुलाई प्रेरणा बनिरहेको छ र बन्नेछ ।
धन्यवाद, जय नेपाल
२२ असोज २०८१

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस