विपी राजमार्ग पुर्णरुपमा सुचारु

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २८, सोमबार (२ दिन अघि)
  • ९५ पटक पढिएको

विपी राजमार्ग पुर्णरुपमा सुचारु

सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।
सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।
बाढी र पहिरोले बन्द भएको विपी राजमार्ग पुर्णरुपमा सूचारु भएको छ । तर काभ्रेको चौकीडाँडादेखी सिन्धुलीको नेपालथोकसम्म रोशी बगरमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस