दुबईमा कन्सुलर खोल्न जनसम्पर्क समितिको माग

  • काभ्रे खबर
  • / प्रवास /
  • २०८१ आश्विन २९, मंगलबार (२१ घण्टा अघि)
  • ६१ पटक पढिएको

दुबईमा कन्सुलर खोल्न जनसम्पर्क समितिको माग

नेपाली जनसम्पर्क समिति युएईले दुबईमा कन्सुलर कार्यालय खोल्न माग गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमल्सिनाले आज (मंगलबार) परराष्ट्र मन्त्री देउवाको निवास पुगेर ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा झन्डै ५ लाख ५० हजार नेपाली कार्यरत युएईको दुबईमा कन्सुलर कार्यालय नहुँदा नेपालीहरुले सास्ती व्योहोर्नु परिरहेको र ठूलो आर्थिक भार बोक्नुपरेको उल्लेख गर्दै तत्काल दुबईमा कन्सुलर खोल्न माग गरिएको छ ।

युएईको उत्तर पुर्वी राज्यहरु दुबई , सारजाह , अजमान , रसअलखेमा , फुजेरा लगायतका स्थानबाट अबुधाबी स्थित दूतावास पुग्न कठिन रहेको उल्लेख गर्दै दुबईमा कन्सुलर खोलेमा नेपालीहरुको समय र खर्च दुवै बचत हुने ज्ञापनपत्रमा उल्लेख गरिएको जनसम्पर्क समिति युएईका सभापति तिमल्सिनाले जानकारी दिए । ज्ञापनपत्रमा भिजिट भिजामा युएई जाने नेपालीहरुको अनिवार्य बिमाको व्यवस्था मिलाउनका साथै अबुधाबीस्थित नेपाली दूतावासमा कर्मचारी अपुग रहेको उल्लेख गर्दै थप कर्मचारी व्यवस्थापन गर्न समेत माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री देउवाले दुबईमा कन्सुलर खोल्ने प्रक्रियामा सरकार अगाडि बढिसकेको र कर्मचारी व्यवस्थापनका लागि तत्काल मन्त्रीपरिषद बैठकबाट निर्णय गर्ने जानकारी दिएको तिमल्सिनाले बताए ।

परराष्ट्रमन्त्री संगको भेटमा नेपाली जनसम्पर्क समिति युएईका संरक्षक खेमराज बस्नेत , साउदीका सभापति अर्जुन थापा र मकाउका सभापति निर्मला थापा मगरले नेपाली श्रमिकका समस्याहरुको बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस