देशभरको मौसम अनुकूल रहने

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन ३०, बुधबार (१० घण्टा अघि)
  • ५१ पटक पढिएको

देशभरको मौसम अनुकूल रहने

हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।

साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

२०८१ आश्विन २८, सोमबार

विपी राजमार्ग पुर्णरुपमा सुचारु

२०८१ आश्विन २३, बुधबार

भारतबाट फर्किए मन्त्री पौडेल

खोजी गर्नुहोस