काभ्रेमा डेंगु संक्रमितको संख्या ३ सय नाग्यो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (१ दिन अघि)
  • ८९ पटक पढिएको

काभ्रेमा डेंगु संक्रमितको संख्या ३ सय नाग्यो

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनयता डेंगु संक्रमितको संख्या ३ सय २ पुगेको छ।

ती मध्ये १ सय ५० महिला र १ सय ५२ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ। असोज २५ गते ५ जना, २६ गते ४ जना, २७ गते ६ जना , २८ गते ३ जना र २९ गते ७ जनामा संक्रमण पुष्टी भएको छ।

बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित भएका छन्। बनेपा नगरपालिकामा १ सय ८ जना, पनौती नगरपालिकामा ५५ जना र धुलिखेलमा ४९ जनामा संक्रमण पुष्टी भएको थियो ।

भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १९/१९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा ९ जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ।

बेथानचोकमा ३ जनामा संक्रमण पुष्टी हुँदा खानीखोलामा भने हालसम्म संक्रमित भेटिएका छैनन्।

काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४ सय ८७ जना, २०७९/८० मा ६ सय ८२ जना, २०८०/८१ मा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टी भएको थियो।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस