जलवायु विपत्तिको सिकार भएका देशहरुलाई विकसित मुलुकको सहयोग आवश्यक : परराष्ट्रमन्त्री डा.राणा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (२१ घण्टा अघि)
  • ८७ पटक पढिएको

जलवायु विपत्तिको सिकार भएका देशहरुलाई विकसित मुलुकको सहयोग आवश्यक : परराष्ट्रमन्त्री डा.राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत र प्रविधि सहयोग गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले हरितगृह ग्यास उत्सर्जनमा सहभागिता नभएका नेपालजस्ता राष्ट्रहरू जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय भएको भन्दै यसको समाधानमा विकसित मुलुकले सहयोग गर्नुपर्ने बताइन्।

उनले जलवायु परिवर्तनले गर्दा जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको बताइन्।

परराष्ट्रमन्त्री डा.राणा जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन्।

कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डनबर जोनसन, रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, जीवाष्म इन्धन निःरस्त्रीकरण सन्धि पहलका लागि विश्वव्यापी संलग्नता निर्देशक हरजित सिंह, जलवायुविज्ञ सन्तोष नेपाललगायतले जलवायु परिवर्तनले गरेका असरका बारेमा जानकारी गराउँदै समाधानका लागि गर्नुपर्ने पहलका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस