रेडक्रस काभ्रेको निर्वाचन आज : सभापतिमा देवेन्द्र र बिदुरको प्रतिस्पर्धा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (२ दिन अघि)
  • २१८ पटक पढिएको

रेडक्रस काभ्रेको निर्वाचन आज : सभापतिमा देवेन्द्र र बिदुरको प्रतिस्पर्धा

बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा देवेन्द्र प्रसाद भैल र विदुर प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जिल्ला शाखा कार्यसमितिको अधिवेशनको लागि आइतबार हुने निर्वाचनमा भैल र घिमिरेले उम्मेदवारी दिएका हुन् ।

उपसभापतिमा ज्ञानबहादुर तामाङ र माधवप्रसाद हुमागाई, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत र पार्वती थापा, मन्त्रीमा राजु सिग्देल र हेमलाल तामाङ, उपमन्त्रीमा प्रदिप के.सी र रामकृष्ण श्रेष्ठ, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला र झम्क प्रसाद गौतमको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा उम्मेदवारी दिएका विजयराम कर्माचार्यले फिर्ता लिएपछि प्रेमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधवप्रसाद नेपाल, विलबहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ, जगन्नाथ गिरी, राजेशकुमार श्रेष्ठ, प्रशान्त महत, अनुज सापकोटा, कृष्णबहादुर श्रेष्ठ, प्रल्हाद शर्मा हुमागाई, गोकुल डोटेल, प्रेमबहादुर तामाङको उम्मेदवारी परेको छ ।

३ जना महिला सदस्य पदको लागि सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ती खत्रीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

ताजा अपडेट

२०८१ कार्तिक ६, मंगलबार

विवाद रुमलिएको ओली सरकारका सय दिन

२०८१ कार्तिक ६, मंगलबार

(Untitled)

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस