रेडक्रस काभ्रेको नेतृत्वमा देबेन्द्र भैल

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (१ दिन अघि)
  • ९० पटक पढिएको

रेडक्रस काभ्रेको नेतृत्वमा देबेन्द्र भैल

बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा देवेन्द्र प्रसाद भैल निर्वाचित भएका छन् ।

जिल्ला शाखा कार्यसमितिको लागि आइतबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि विदुर प्रसाद घिमिरेलाई ३८ मतले हराउदै भैल सभापतिमा निर्वाचित भएका हुन् ।

भैलले १ सय ३ र घिमिरेले ६५ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा ज्ञानबहादुर तामाङ, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत, मन्त्रीमा राजु सिग्देल, उपमन्त्रीमा प्रदिप के.सी, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा उम्मेदवारी दिएका विजयराम कर्माचार्यले फिर्ता लिएपछि प्रेमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका थिए।

सदस्यहरुमा रामकुमार श्रेष्ठ, माधवप्रसाद नेपाल, कृपेन्द्र श्रेष्ठ, दामोदर श्रेष्ठ, विलबहादुर श्रेष्ठ, जगन्नाथ गिरी, उपदेश भुजेल निर्वाचित भएका छन् ।

३ जना महिला सदस्य पदको लागि सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ती खत्रीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस