काभ्रेमा वर्षाबाट घर आवास नष्ट भएका परिवार लाई राहत दिइने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ५, सोमबार (१४ घण्टा अघि)
  • ८६ पटक पढिएको

काभ्रेमा वर्षाबाट घर आवास नष्ट भएका परिवार लाई राहत दिइने

काभ्रेमा गत असोज १०, ११ र १२ गतेको वर्षाबाट घर आवास नष्ट भएका परिवारले प्रतिपरिवार १५ देखि २० हजार रुपैयाँसम्म राहत पाउने भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् पीडित उद्दार र राहत सम्बन्धी (सातौ संसोधन) मापदण्ड, २०७७ बमोजिम विपद् बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्म सदस्य भएको परिवार भए १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै ५ जना भन्दा बढी सदस्य भएको परिवार भए २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा भएको बैठकले जिल्लाका विपद् संकटग्रस्त क्षेत्र घोषणा हुन छुटेका धुलिखेल र बनेपा नगरपालिकालाई विपद् संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै स्थानीय तहबाट लाभग्राही पहिचान भई अस्थायी आवासको रकम माग भई आएमा जिल्ला विपद् व्यवस्थापन कोषमा रहेको रकम विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ बमोजिम स्थानीय विपद् व्यवस्थापन कोषमा तत्काल उपलब्ध गराउने, प्रदेश सरकारबाट बिपद् व्यवस्थापन समितिको कोषमा प्राप्त रकमलाई प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम राहत वितरण गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।
यस्ता छन् समितिका निर्णयहरु

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस