विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ९, शुक्रबार (५ महिना अघि)
  • १७७ पटक पढिएको

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

|xr:d:DAFbpsAE51M:2728,j:2010139329985838071,t:23110302

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ।

पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो।

तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो। यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए। तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो।

विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ। अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस