प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाई कात्तिक १४ मा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (१ दिन अघि)
  • ७९ पटक पढिएको

प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाई कात्तिक १४ मा

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको सुनुवाई कात्तिक १४ गर्ने भएको छ।

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले बेल्जियमका लागि प्रस्तावित न्यायाधीशद्वय निरौला, पाण्डे र राजदूत लम्सालको एकैदिन सुनुवाइ गर्ने तय गरेको हो।

उक्त दिन उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकेर प्रश्तावित न्यायाधीश र राजुदूतको पनि संसदीय सुनुवाइ गर्ने कार्यसूची तय भएको हो। समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्ने जनाइएको छ।

समितिको निर्णयमा भनिएको छ, ‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याईं र औचित्यतता प्रष्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावि कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ ।’

ताजा अपडेट

२०८१ कार्तिक १२, सोमबार

सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

२०८१ कार्तिक ११, आईतबार

एल क्लासिकोमा रियलको नमिठो हार

२०८१ कार्तिक १०, शनिबार

कालीजंग गणको २२० औं बार्षिकोत्सव

खोजी गर्नुहोस