कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भएको राजेन्द्र लिङ्देनको आरोप

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (२२ घण्टा अघि)
  • ६३ पटक पढिएको

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भएको राजेन्द्र लिङ्देनको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएको बताएका छन्।

मंगलबार किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफैं सरकारमा रहँदा नागरिकलाई शरणार्थी बनाएर बेच्ने, अदालतले दोषी ठहर गरेका व्यक्तिहरुबाटै अर्बौको चन्दा लिने क्रियाकलापका कारण कांग्रेस एमालेप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन्।

‘सरकारहरुको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ,’ नउले भने, ‘आफैं सरकारको नेतृत्व गर्ने अनि अदालतले दोषि ठहर गरेका व्यापारीसँग अर्बौको चन्दा लिने काम गर्दैछ। यो काम उनीहरुले ठिक गरेका हुन् त ? त्यसकाणले यस्ता क्रियाकलापबाट जनता असन्तुष्ट छन्।’

जनताले कांग्रेस र एमाले जस्ता भ्रष्ट राजनीतिक दलहरुको विकल्प खोजेका छन् भन्ने प्रमाणित गर्न समेत आउँदो उपनिर्वाचनमा हराउन आवश्यक रहेको लिङ्देनको भनाइ छ। स्थानीय तहहरुमा राप्रापाले कम ठाउँमा मात्र जितेपनि राम्रो नतिजा आएको उनको दाबी छ।

‘अब जनता यिनिहरुको विकल्पको खोजीमा छन् भन्ने कुरा प्रमाणित गर्नको लागि भएपनि आउने उपनिर्वाचनमा कांग्रेस एमालेजस्ता पार्टीहरुलाई हराउनुपर्छ,’ उनले भने, ‘५३ वटै स्थानीय तहहरुमा कांग्रेस, एमाले र माओवादीले जितेको कुनै स्थानीय तहको तपाईले उदाहरण पाउनुभएको छ जहाँ भ्रष्टाचार भएको छैन, सुशासन भएको छ भन्ने पाउनुभएको छ।’

ताजा अपडेट

२०८१ कार्तिक १२, सोमबार

सुनको मूल्य ४ सय रूपैयाँ घट्यो

२०८१ कार्तिक ११, आईतबार

एल क्लासिकोमा रियलको नमिठो हार

२०८१ कार्तिक १०, शनिबार

कालीजंग गणको २२० औं बार्षिकोत्सव

खोजी गर्नुहोस