नेपाल पुनः महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट बञ्चित

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ कार्तिक १४, बुधबार (३ हप्ता अघि)
  • ९३ पटक पढिएको

नेपाल पुनः महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट बञ्चित

नेपाल पुनः महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट बञ्चित भएको छ। बुधबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २१ले पारजित भएपछि नेपाल पुनः एक पटक उपाधिबाट वञ्चित भएको हो।

नेपाल लागतार दोस्रो पटक घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको हो। त्यसअघि ४ पटक नेपापल फाइलनमा भारतसँग पराजित भएको थियो।

बुधबार राति भएको फाइनलमा बंगलादेशलाई जित दिलाउन बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरे भने नेपालको लागि अमिशा कार्कीले गोल गरेका थिए।

खेलको पलिो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो। उसका लागि मोनिकाले गोल गरेकी थिइन्।

५६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। बंगलादेशको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अमिषाले गोल गरिन्।

८२औं मिनेटमा बंगलादेशले पुनः अग्रता लियो। ऋतुले गोल गरेकी थिइन्। त्यसपछि भने गोल नुहँदा नेपाल प्रतियोगिताका ७ संस्करण मध्ये ६ संस्करणको फाइनल खेल्दा पनि उपाधिबाट वञ्चित भयो।

बंगलादेशले भने लागतार दोस्रो पटक उपाधि जितेको हो।

ताजा अपडेट

२०८१ मंसिर ५, बुधबार

विपी राजमार्ग राती बन्द हुने

खोजी गर्नुहोस