पहिरो पिडितलाई तरुण दलको नेतृत्वमा राहत वितरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र १०, सोमबार (२ महिना अघि)
  • १२३ पटक पढिएको

पहिरो पिडितलाई तरुण दलको नेतृत्वमा राहत वितरण

पहिरोले घर क्षति भएका तेमाल वडा नं ५ का ५ परिवारलाई स्थानीय युवाको सकृयतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामा लगायतले सञ्चालन गरेको अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हो।

दुई दिन अभियान संकलन गरेर उनीहरुले विभिन्न संघ संस्था, व्यवसायी, सहयोगीहरुबाट तीन लाख छयालीस हजार तीन सय ९० रुपैयाँ संकलन गरेका थिए।

घर पूर्ण क्षति भएका स्थानीयलाई नगद १ लाख र २१ हजार ५ सय बराबरको घरायसी समाग्रीहरुका साथै दाल, चामल, बिस्कुट लगायतका खाद्यान र सिरक, डस्ना र लत्ताकपडा लगायतका खाद्यसामाग्री हस्तान्तरण गरियो।

c4253fc1-229f-46c9-8e35-16309ac721b4-1724597695.jpeg

घरमा क्षति भएको स्थानीय एकल महिलालाई १ लाख र पहिरोबाट आएको ढुंगामाटो पन्छाउनको लागि ५ वटै परिवारको लागि संयुक्त रुपमा १ लाख २४ हजार ८ सय ९० रुपैयाँ सहयोग गरिएको हो ।

तेमाल गाउँपालिका वडा नं ५ का अध्यक्ष हजारसिं लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामा लगायत स्थानीयको उपस्थितिमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले हस्तान्तरण गरेका हुन्।

वडा अध्यक्ष हजारसिं लामाले वडा  र पालिकाबाट कुनै कन्जुस्याइँ नगरी सहयोग गर्ने बताए। अभियानकर्ता मिथुनकुमार लामाले अभियानमा आर्थिक सहयोग गरि साथ दिने सम्पूर्णलाई धन्यवाद र कृतज्ञता व्यक्त गरे

प्रभावितहरुले दुःखको समयमा सहयोग गरेकोमा सबैलाई आभार प्रकट गरे।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस