राजभाइको व्यक्तिगत तिन करोड ५० लाख खर्चमा शिर मेमोरियलको नँया भवन शिलान्यास

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २१, बुधबार (१ हप्ता अघि)
  • ३३१ पटक पढिएको

राजभाइको व्यक्तिगत तिन करोड ५० लाख खर्चमा शिर मेमोरियलको नँया भवन शिलान्यास

बनेपा/काभ्रेको शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवनको शिलान्यास गरिएको छ । बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने गरी बुधबार सो भवनको शिलान्यास गरिएको हो ।

३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् । अस्पतालमा बहिरंग र अन्तरंग सेवाको लागि कोठा अभाव हुँदा सेवा विस्तार हुन कठिनाइ हुँदै आएको थियो ।

८ वर्षअघि भवन निर्माणको विषय अघि बढाएका प्रधानले नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएको बताए । समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको उनले बताए ।

बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

१२ हजार वर्गफिटमा बन्ने २ तले बहिरंग विभागको भवन २ वर्षमा पुरा हुने लक्ष्य राखिएको छ । राजभाई प्रधानका मामा ९१ वर्षीय तप्तराज वन्तले भवन शिलान्यास गरेका थिए ।

ताजा अपडेट

२०८१ कार्तिक २८, बुधबार

रास्वपाको पत्रकार सम्मेलन स्थगित

२०८१ कार्तिक २७, मंगलबार

रविको बयान सकिएन , भोलि पनि लिइने

२०८१ कार्तिक २७, मंगलबार

जेल चलान भए दीपक मनाङे

खोजी गर्नुहोस