‘हन्टर’ निर्माणको घोषणा, अरुण क्षेत्री मुख्य भूमिकामा

  • काभ्रे खबर
  • / मनोरञ्जन /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • २५८ पटक पढिएको

‘हन्टर’ निर्माणको घोषणा, अरुण क्षेत्री मुख्य भूमिकामा

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो।

जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन्। उनको यो डेब्यु चलचित्र हो । चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन्।

उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ। चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्।

‘चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो। तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,’ उनले भने, ‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ।’

चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ। चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ।

ताजा अपडेट

२०८१ चैत्र २७, बुधबार

लागुऔषधसहित दुई जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार

लुटपाट गर्ने चार जना पक्राउ

२०८१ चैत्र २०, बुधबार

काभ्रेमा सहकारी दिवस मनाइयो

खोजी गर्नुहोस