नारायणगढ–मुग्लिन सडक दुर्घटना बस र माइक्रो जुध्दा पाँच जनाको मृत्यु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (२ हप्ता अघि)
  • १०३ पटक पढिएको

नारायणगढ–मुग्लिन सडक दुर्घटना बस र माइक्रो जुध्दा पाँच जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

२०८१ मंसिर १०, सोमबार

एनपिएलको ट्रफी सार्वजनिक

२०८१ मंसिर १०, सोमबार

सुनको मूल्य झण्डै १६ हजार घट्यो

खोजी गर्नुहोस