तेमालको बाढि पहिरो पिडितलाई राहात बितरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २५, आईतबार (१ महिना अघि)
  • १३२ पटक पढिएको

तेमालको बाढि पहिरो पिडितलाई राहात बितरण

तेमाल। शनिबार तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुका लागि ५० घरघुरीलाई फाईबर सिरग , चामल , दाल , चिनी , तेल, साबुन , ब्रस , मन्जन, लगाएतको सामाग्री भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरेको हो । तेमाल गाउँपालिकामा पुर्ण क्षेती , उच्च जोखिममा रहेका, ५० घरपरिवार राहत वितरण गर्न सबन्धीत स्थान समन्वय र सहकार्य गर्नु हुने काभ्रे क्षेत्र न : १ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङ ( लालध्वज) को प्रमुख अतिथ्यतामा राहत वितरण सम्पन्न भएको हो ।

युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र खानिखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा प्रभावित क्षेत्रमा लक्ष्यित गरि राहत वितरण गरेको बताए । जिम्बाको पहलमा करिब काभ्रे जिल्लाकै १३ वटा स्थानीय तहहरुमा ५०० घरपरिवार भन्द माथी राहत वितरण गरिसकेको बताए । प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न गरेसंगै आफ्नो पहल र विभिन्न संघ संस्था आफू स्वयम फिल्डमा खटी बस्ने घर निर्माण गरी दिने प्रतिबद्धता गर्नु भएका छ ।
यस भिसियन नेपाल संस्थाले नेपाल सरकारले बाढीपहिरो संकट ग्रस्त क्षेत्र घोषण गरेका जिल्ला विभिन्न स्थानीय तहमा राहत सामाग्रीहरु , खानेपानी ट्याङ्की ,विभिन्न निर्माण कार्यहरु गर्दै आएको मानवीय क्षेती भएका स्थानहरुमा नखद रकम हस्तान्तरण, राहत सामाग्रीगरु सहयोग गर्दै आएको भिसियन नेपाल संस्थाका उपाध्यक्ष राधा मताङ्गीले बताईन ।

राहत वितरण वडा न: २ वडा कार्यलयको प्राङ्गणबाट अध्यक्ष देबराज तामाङ्को रोहवरमा भएको हो । वितरण कार्यक्रम वाइसीएल नेपालका केन्द्रिय सचीव अबिलास तामाङ, स्थानीयहरु, जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरेको हो ।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस