रविलाई विमानस्थलबाट सरकारी वकिलको कार्यालय लगियो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (२ दिन अघि)
  • ६१ पटक पढिएको

रविलाई  विमानस्थलबाट सरकारी वकिलको कार्यालय लगियो

सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याइएको छ।

मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत रविलाई पोखराबाट बयानका लागि भैरहवा ल्याइएको हो। उनी चढेको विमान साँढे १२ बजे भैरहवामा अवरतण गरेको थियो।

रविलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ। सकेसम्म आजै रविको बयान सक्ने तयारी प्रहरीको छ। उनलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ।

बुटवलमा रहेको सुप्रिम सहकारीको १ करोड ९६ लाख रुपैयाँ आफ्नै नाममा तथा थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा गैरकानुनी ढंगले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगि अपचलन गरेको आरोप छ।

ताजा अपडेट

२०८१ कार्तिक २९, बिहिबार

खानिखोलाका बाडिपिडित लाई राहात बितरण

२०८१ कार्तिक २९, बिहिबार

गण्डकी प्रदेशकी सांसद गौचनको निधन

२०८१ कार्तिक २८, बुधबार

रास्वपाको पत्रकार सम्मेलन स्थगित

२०८१ कार्तिक २७, मंगलबार

रविको बयान सकिएन , भोलि पनि लिइने

खोजी गर्नुहोस