रविको बयान सकिएन , भोलि पनि लिइने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको

रविको बयान सकिएन , भोलि पनि लिइने

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका रवि लामिछाने मंगलबार रूपन्देहरी प्रहरीको हिरासतमै रहने भएका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रूपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयमा बयान नसकिएपछि उनी आज रूपन्देही प्रहरीकै हिरासतमा रहने भएका हुन्।

बुधबार बिहान १० बजेदेखि पुनः लामिछानेको बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरेको पनि आरोप छ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय विशेष छानबिन समितिले औंल्याएको थियो।

सोही आरोपमा उनीविरूद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनलाई मंगलबार कास्कीबाट रूपन्देही पुर्‍याइएको थियो।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा उनी कात्तिक २ गते पक्राउ परेका थिए।

उनीविरूद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक दस दिनको म्याद थप गरेको छ। उनी २५ दिनदेखि हिरासतमा छन्।

ताजा अपडेट

२०८१ मंसिर ५, बुधबार

विपी राजमार्ग राती बन्द हुने

खोजी गर्नुहोस