हरिबोधनी एकादशी, लड्केश्वरमा मेला गंगोत्री धामका पिठाधिस रावल बाट जल अर्पण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (१ हप्ता अघि)
  • २०९ पटक पढिएको

हरिबोधनी एकादशी, लड्केश्वरमा मेला गंगोत्री धामका पिठाधिस रावल बाट जल अर्पण

काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा रहेको लडकेश्वर मन्दीरमा हरिबोधिनी एकादशीको अवसरमा मंगलबार मेला लागेको छ । पनौती नगरपालिका वडा नम्बर ११ स्थित लड्केश्वर मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन दर्शन तथा पूजाआजा गर्न दर्शनार्थीको ठूलो भीड लाग्ने गरेको छ ।

भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको आजको दिन लडकेश्वर महादेवको मन्दिरमा ३५० वर्षअघिदेखि नै मेला लाग्दै आएको किंवदन्ती रहेको छ । तत्कालीन राजा भूपतेन्द्र मल्लले लडकेश्वर महादेव, बल्थली, पनौती, पलाञ्चोक हुँदै दोलखा भीमसेनको समेत दर्शन गर्नुका साथै पूजा गरेकाले पछि त्यसलाई निरन्तरता दिँदै मेला लाग्ने गरेको बताइएको छ ।
समुद्री सतहको झन्डै १४०० मिटर उचाइमा रहेको लड्केश्वर मन्दिरमा हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास रहेको छ ।
रोशी र लड्कु खोलाको सङ्गमस्थल नजिक चुनढुङ्गाभित्र रहेको उक्त स्थानमा पाप र धर्मद्वार छ भने उक्त द्वारमा रहेको एउटा सानो प्वाल र ठूलो प्वालमध्ये साना प्वालमा छिरी निस्कन सक्ने धर्मात्मा र निस्कन नसकी अड्कने पापी हुने जनविश्वास समेत रहि आएको छ । पाप र धर्मद्वार भएका कारण यस मन्दिरलाई स्वर्ग र नर्कको मापन गर्ने स्थानका रूपमा समेत लिइने गरिएको छ।
लङ्केश्वर मेलामा स्थानीय महिला र पुरूषहरूले धार्मिक मान्यताअनुसार रातभर जाग्राम बसेर नाचगानका साथै भजनकीर्तन गर्छन् भने भोलिपल्ट पूर्णिमासम्म पूजारीहरूद्वारा रूद्रीपाठ र पूजाअर्चना गरी सोही दिन मेला समापन गरिन्छ।

आजको दिन ढिकी, जाँतो नचलाइने र चलाएमा भगवान् महादेवको अवमूल्यन हुने भएकाले कन्दमूल तथा फलफूल खाने चलन रहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बल्थली क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिँदै आएको छ ।

भारत बर्षमा चार धाम मध्ये एक मानिएको गङोत्री बाट ल्याइएको जल आज विशेष पुजा अर्चना सहित पिठाधिश शिबप्रकाश ले काभ्रेको पनौति नगरपालिका -११ बल्थलि स्थित लड्केश्वोर महादेव लाइ अर्पण गर्नु भएकाे छ । यसले लड्केश्वोरकाे महिमा नेपालमा मात्र नभै भारत मा समेत रहेको प्रष्ट हुन्छ।

ताजा अपडेट

२०८१ मंसिर ५, बुधबार

विपी राजमार्ग राती बन्द हुने

खोजी गर्नुहोस