विपदमा ५ वटा पशुहरुको क्षति बेहोरकी सुमित्रा थापाले ४ लाख १८ हजार रकम पाएकी छन्

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १, शनिबार (१ हप्ता अघि)
  • १४८ पटक पढिएको

विपदमा ५ वटा पशुहरुको क्षति बेहोरकी सुमित्रा थापाले ४ लाख १८ हजार रकम पाएकी छन्

पनौति/काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती भूमिडाँडामा साना किसान सहकारीले विपदमा क्षति भएका पशुहरुको बीमा रकम भुक्तानी गरेको छ । शनिवार एक कार्यक्रम गरी सहकारीले असोज ११ र १२ गतेको विपदबाट क्षति भएका पशुहरुको पशुसुरक्षण बीमा रकम भुक्तानी गरेको हो ।
संस्थाले आफ्ना सेयर सदस्यहरुको भैँसी ,गाई र बाख्राहरुको सामुहिक बीमा कार्यक्रम अन्तर्गतको रकम किसानहरुलाई चेक मार्फत उपलब्ध गराएको छ ।

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले संस्थाले भूमिडाँडाका २५ जना किसानलाई सामुहिक पशु बीमा बापतको २६ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेको जानकारी दिए ।

विपदमा ५ वटा पशुहरुको क्षति बेहोरकी सुमित्रा थापाले ५ लाख ३० हजार मूल्यांकन बराबर ४ लाख १८ हजार रकम पाएकी छन् । उनी बीमा वापतको धेरै रमक पाउने कीसान हुन् । त्यसैगरी राम चन्द्र के।सिले ३० हजार मुल्यांकन बराबर २१ हजार रकम पाएर बीमा वापतको कम रहम पाउने कृषक भएका छन् ।

कुनै समय सहकारीमा पैसा बचत गर्न र बीमा गर्न नमान्ने किसानलाई आज पशु बीमाको रकम वितरण गरेर किसानको हकमा नयाँ काम गर्न सकेको भन्दै संस्थापक अध्यक्ष हुमागाईले खुशि ब्यक्त गरे । उनले अब तिनवटा सम्म विपदमा पनि बीमा रकम दिन संस्था सक्षम रहेको बताए । उनका अनुसार संस्थामा १ करोड २० लाख बीमा रकम संचित रहेको छ।

असोज ११ र १२ को बाढीबाट पशुमा चौपायमा भएको क्षतिको रकम पाउँदा समयमा बीमा गरेर राम्रो गरेको किसानहरु बताउँछन् । उनीहरुका आँखाबाट हर्षका आँसु झरेका थिए। संस्थाले एक लाख बीमा बराबरको बार्षिक १२ सय रुपैयाँ किसानबाट उठाउने गरेको थियो ।
उक्त कार्यक्रममा विपद प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित खानेपानीको निम्ति फिल्टर समेत वितरण गरिएको थियो ।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस