खानीखोलाका २ वडामा १७८ घरधुरीमा धारा जडान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ९५ पटक पढिएको

खानीखोलाका २ वडामा १७८ घरधुरीमा धारा जडान

जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने साविकका डाँडागाउँ गाविसका १ सय ७८ घरधुरीमा एक घर एक धारा जडान भएको छ।

खानीखोला गाउँपालिका वडा नं. ३ र ४ को आयोजनामा भव्य कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले उक्त धाराको उद्घाटन गरे।

सदियौँदेखि खानेपानीको हाहाकारमा कष्टकर जीवन बिताइरहेका यहाँका नागरिकको घरमै २४सै घण्टा स्वच्छ खानेपानी उपलब्ध हुने सुनिश्चिततासहित एक घर एक धारा खानेपानीको उद्घाटन भएको हो। खानीखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेह्वा०को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा ‘एक–घर, एक–धारा’ निर्माण भएको थियो।

अध्यक्ष थिङ नेतृत्वको जनप्रतिनिधिले गाउँपालिकाका सबै घरधुरीमा एक घर एक धारा जोड्ने लक्ष्य अगाडि बढाइरहेका छन् कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष थिङले निर्वाचनको क्रममा मत माग्दै गर्दा आफूहरुले गरेको वाचा पूरा गरेको बताए। ‘यहाँ धारासहित पानी लिएर आउँछौँ भनेर चुनावमा भनेका थियौँ’ उनले भने, ‘तपाईहरुसँग गरेको वाचा पूरा गरेका छौँ।’

अध्यक्ष थिङले थपे, ‘अब स्वच्छ र सफा खानेपानी यो २ वर्षकै अवधिमा करिब ७ सय घरधुरीमा पुगेको छ। यो खानीखोला गाउँपालिका भित्र २४ सय घरधुरी छ। मेरै कार्यकालभित्र सबै घरधुरीमा खानेपानीको व्यवस्था गर्ने प्रयत्न म गर्ने छु।’

बाह्रै महिना गाडी चल्ने सडक, विद्युतिकरण, खानेपानी लगायतका विषयमा आफू गम्भिर भएर लागेको बताउँदै उनले निर्वाचनको क्रममा आफूले गरेको वाचा ५० प्रतिशत पूरा भएको समेत उनको भनाई थियो।

डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा सो कार्यक्रम आयोजना सहजकर्ता जीवन घिसिङले आयोजनाको आयव्यय प्रस्तुत गरेका थिए।

उनका अनुसार सो आयोजना सम्पन्न गर्नका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को तर्फबाट १ करोड २५ लाख ८ हजार रुपैयाँ, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय ५७ रुपियाँ, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी जम्मा १ करोड ७६ लाख ८३ हजार ५ सय ३१ रुपैयाँ लागतमा सो कार्य सम्पन्न भएको थियो।

सो आयोजनाबाट खानेपानीको निक्कै अभाव रहेका वडा नं. ३ का आहाले जुरे, भाङ्टार, सौरे र चित्रे र वडा नं. ४ का डाँडागाउँ, बाँसघारी, सिरुटारका जनता लाभान्वित भएको घिसिङले जानकारी दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस