सभापति देउवाले गरे महामन्त्रीसँग छलफल


सभापति देउवाले गरे महामन्त्रीसँग छलफल

|xr:d:DAFbpsAE51M:3904,j:1828882845220157668,t:24031202

एक साता लामो बसाईपछि गृहजिल्ला डडेल्धुराबाट फर्किएलगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्।

सभापति देउवाले मंगलबार बिहान निवास बूढानीलकण्ठ निवासमा महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन्। उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउनेलगायत विषयमा कुराकानी भएको जनाइएको छ। महामन्त्रीसँगको नियमित भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पनि छलफल भएको थियो।

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाविच भेट भएको थिया । सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बिषयमा ओली र देउवाविच छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बिषयमा पनि छलफल चलेको थियो।

यसैबीच, मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पुनः भेटघाट हुने भएको छ।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

२०८१ मंसिर १६, आईतबार

रविको बयान सोमबार पनि निरन्तर

खोजी गर्नुहोस