बैंकिङ कसुरमा पक्राउ परेका सत्यमान लामा डिल्लीबजार कारागार चलान

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ४, मंगलबार (१ दिन अघि)
  • १३३ पटक पढिएको

बैंकिङ कसुरमा पक्राउ परेका सत्यमान लामा डिल्लीबजार कारागार चलान

गुण्डागर्दीमा संलग्न सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन्।

बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका लामालाई काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले काभ्रेखबरलाई बताए । उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ।

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले मंसिर २ मा पक्राउ गरेको थियो।

रामकुमार तिवारीको जाहेरीले बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ। २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए।

ताजा अपडेट

२०८१ मंसिर ५, बुधबार

विपी राजमार्ग राती बन्द हुने

खोजी गर्नुहोस