भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ५, बुधबार (१ हप्ता अघि)
  • ५१ पटक पढिएको

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन्।

सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

भ्रमणका दौरान सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

यस्तै उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

२०८१ मंसिर १६, आईतबार

रविको बयान सोमबार पनि निरन्तर

खोजी गर्नुहोस