एनपिएलको ट्रफी सार्वजनिक

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ मंसिर १०, सोमबार (५ घण्टा अघि)
  • ४० पटक पढिएको

एनपिएलको ट्रफी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ।

सोमबार धरहरा परिसारमा विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले एनपिएलको ट्रफी सर्वाजनिक गरे।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको सहयोगको लागि धन्यवाद दिए।

सिद्धार्थ बैंक एनपीएलको ट्रफी आफैंमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए।

ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ। यसमा निकुञ्ज, बन, जंगलको पनि समिश्रण रहेको। उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङ्मा तेन्जी शेर्पाले ल्याएका थिए।

ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए। ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए।

उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमंगमय पर्व एनपिएल भएको पनि बताए। प्रधानमन्त्री ओलीले क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे।

एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलम विराटनगर किंग्स र जनकपुर बोल्ट्स भीड्ने छन्।

ताजा अपडेट

२०८१ मंसिर १०, सोमबार

एनपिएलको ट्रफी सार्वजनिक

२०८१ मंसिर १०, सोमबार

सुनको मूल्य झण्डै १६ हजार घट्यो

खोजी गर्नुहोस