पनौती–४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
वार्षिक साधारणसभा संस्थाको विभिन्न ७ एकाईमा एक साथ भएको छ। जसअनुसार पनौती एकाई बैठक पनौती मुख्य कार्यालयमा, कुशादेवी एकाईको, कुशादेवी पार्टी प्यालेस पनौती–३ कुशादेवीमा, बनेपा एकाईको बनेपा पार्टी भेन्यूमा, पाँचखाल एकाईको श्रीकृष्ण पार्टी प्यालेसमा, नमोबुद्ध एकाईको कुटुम्ब रिसोटमा, ढुंखर्क एकाईको पार्वती मा.वि., बेथानचोकमा र काठमाडांै एकाईको, युनिभर्सल क्याफे, सुकेधारा भएको छ।
सातै एकाईमा औपचारिक कार्यक्रमसहित सञ्चालन भएको साधारणसभा, आ–आफ्नो एकाई अन्तर्गतका सदस्यहरुको उपस्थितिमा रहेको थियो।
एकाई बैठकमा पनौती एकाईको बैठकको सभाध्यक्षता अध्यक्ष प्रकाश बन्जारा, नमोबुद्ध एकाईको सभाध्यक्षता वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धर, बनेपा एकाईको सभाध्यक्षता सचिव मुकुन्द शर्मा, पाँचखाल एकाईको सभाध्यक्षता कोषाध्यक्ष सरोज कुमार तिमल्सेना, कुशादेवी एकाई बैठकको सभाध्यक्षता सञ्चालक सदस्य कौशल राज खड्का, बेथानचोक एकाईको बैठकको सभाध्यक्षता सञ्चालक सदस्य सुकुमान तामाङ र काठमाण्डौ एकाईको सभाध्यक्षता सञ्चालक सदस्य रामेश्वर शर्मा वाग्लेले गरेका थिए।
केन्द्रिय कार्यालयमा भएको सभामा पनौती नगरपालिकाकी नगर उप–प्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यता एवं पनौती न.पा वडा नंं–४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, वडा नं.–८ का अध्यक्ष वेदप्रसाद बन्जारा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्वअध्यक्ष मोतिराम तिमल्सिनालगायतको उपस्थिति थियो।
वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि मुकुन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति गठन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सूर्य मानन्धर, महिला उपाध्यक्षमा, भवानी थापा, सचिवमा सरोज तिमल्सेना र कोषाध्यक्षमा कृष्ण थापा रहेका छन्।
यस्तै, सदस्यहरुमा सदस्य निर्वतमान अध्यक्ष प्रकाश बन्जारा, कौशल राज खड्का, विकास पन्त, भैरवप्रसाद सेंढाई, मदन खकुरेल, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, श्याम सापकोटा, अनिता कार्की रहेका छन्। यस्तै, देवकी आचार्य, बबिता बोहरा, संगिता खड्का र सुस्मिता नेपाली पनि सदस्य चयन भएका छन्।
साधारण सभाले राजन श्रेष्ठको संयोजकत्वमा २ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचित गरेको छ। सदस्यमा भीमप्रसाद बन्जारा छन्।
रिक्त रहेको लेखा सुपरिवेक्षण समिति सदस्यको लागि भने आगामी साधारण सभामा उपनिर्वाचन गरी पदपूर्ति गरिने बताइएको छ।