उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १६, आईतबार (३ दिन अघि)
  • ७६ पटक पढिएको

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ। आज (आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ।

आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन्।

आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।

तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

जसअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

खोजी गर्नुहोस