काभ्रेमा अनेरास्ववियु ‘विभाजित’, ओलीलाई चुनौती दिँदै गोकुलपक्षले घोषणा गर्‍यो ‘समानान्तर कमिटी’

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष ८, सोमबार (६ दिन अघि)
  • १४६ पटक पढिएको

काभ्रेमा अनेरास्ववियु ‘विभाजित’, ओलीलाई चुनौती दिँदै गोकुलपक्षले घोषणा गर्‍यो ‘समानान्तर कमिटी’

सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु काभ्रेमा विभाजित भएको छ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको गृहजिल्लासमेत रहेका काभ्रेमा एमाले अध्यक्ष केपी ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटा पक्षले फरक फरक कमिटी चयन गरेको हो।

काभ्रे २ बाट निर्वाचित सांसद तथा पूर्व सञ्चारमन्त्री रहेका बास्कोटाले अध्यक्ष ओलीलाई चुनौती दिँदै समानन्तर कमिटी घोषणा गरेका हुन्।

गत शनिबार भएको अधिवेशनबाट दुवै पक्षले जिल्ला कमिटी चयन गरेका छन्। दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन्।

गत शनिबार बास्कोटाले उद्घाटन गरेको अधिवेशनबाट दीपेश तिम्लिसिनाको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन्।

यता संस्थापन पक्षले भने निराजन तिम्लिसिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन्।

ओली र बास्कोटा दुवै पक्षले आ आफ्ना कार्यसमितिलाई आधिकारिक भन्दै प्रचार गरिरहँदा केन्द्रीय अध्यक्ष समिक बडालले भने संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

बास्कोटाकै जोडबलमा अनेरास्ववियुको अध्यक्ष बनेका बडाल बाँस्कोटा निकट मानिन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस