सभापति लामिछानेलाई निलम्वन नगर्न सभामुखसँग रास्वपाको माग

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष ८, सोमबार (३ हप्ता अघि)
  • १०१ पटक पढिएको

सभापति लामिछानेलाई निलम्वन नगर्न सभामुखसँग रास्वपाको माग

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न उक्त पार्टीले सभामुखलाई अनुरोध गरेको छ।

रास्वपाका नेतालेसभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन नगर्न आग्रह गरेका हुन् ।सभामुख घिमिरेलाई भेट्न रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुली सिंहदरबार पुगेका थिए।

सभामुख घिमिरेले संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने जबाफ दिएका थिए।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ।

रास्वपा नेताहरुले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दामा सर्वोच्च अदालतबाट भएको व्याख्याको दृष्टान्त सुनाउँदै निलम्बन गर्न नमिल्ने दाबी गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस