रवि र छविलाई अदालत उपस्थित गराइयो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष ९, मंगलबार (१ महिना अघि)
  • ९९ पटक पढिएको

रवि र छविलाई अदालत उपस्थित गराइयो

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धिकरणलगायत मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४ जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

प्रहरीले मंगलबार रविसहित गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो।

उनीहरू चारैजनाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको थियो। नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो।

अहिले अदालतमा छविलाल जोशीको बयान भइरहेको र छविको बयान सकिएपछि अन्यको बयान सुरु हुने बताइएको छ।

रवि र लिलालाई अदालतमै राखिएको छ भने कृष्ण गुरूङ भने विरामी परेकाले अस्पताल लगिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस