दुधमति नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमांकन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १५, सोमबार (१ महिना अघि)
  • ८९ पटक पढिएको

दुधमति नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमांकन

धनुषा । धनुषा र महोत्तरी जिल्ला जोड्ने कडीको रूपमा रहेको दूधमति नदीको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सीमांकनको काम शुरु गरेका छन्।

आइतबारदेखि विधिवत रुपमा कार्यक्रम आयोजना गरी दुधमति नदीको उद्गम स्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजनवाँ गाउँबाट सीमांकनको काम भएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र विशिष्ट अतिथि उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नेपालको झण्डा हलाएर संयुक्त रूपमा सीमांकनको शुभारम्भ गरे।

धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको दूरीमा रहेको दुधमति नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार नापजांच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आजैदेखि शुरु गरिएको छ।

दूधमति नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमति नदी उक्सा तथा विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यकरण गरिनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए।

उहाँले दूधमति नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यको रुपमा स्थापित हुने समेत बताए।

नदीको उकास विकास संगै यहाँस्थित दूधमति नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय तह सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सहमहामन्त्री यादवको तर्क थियो।

कार्यक्रममा विशिष्ट अतिथि एवं उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेको यो दुधमति नदीलाई करिडोरको रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरे।

परियोजना बारे जानकारी गराउंदै मन्त्री यादवले करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतिको बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११र११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँरगाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २र२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था गरिनेछ।

यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारको ठूलै ड्रीम प्रोजेक्टको रुपमा रहेको समेत मन्त्री यादवले बताए।

कार्यक्रममा स्थानीय तहको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले परियोजना शुरु भएपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले ११ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१र०८२ मा २ करोड ५० लाख रुपैया बजेट छुटयाएको छ।

आगामी वर्षदेखि डिपिआर अनुसार बढीभन्दा बढी बजेट छुटयाउने मन्त्री यादवले बताए।

नापजांचका लागि नापी शाखा धनुषाका अमिन रामकृपाल अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ । धनुषा र महोतरी नापी शाखालाई नापजांका लागि ३ महिनाको समयावधि दिइएको छ।

नापजांच सकिएपछि उत्खन्नको काम अघि बढाइने छ। त्यसपछि अघिल्लो वर्षदेखि सौन्दर्यकरणको काम अघि बढाइने मन्त्रालयका सचिव अन्सारीले जानकारी गराए।

कार्यक्रममा नेपाली कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार, मन्त्रालयका जलस्रोत तथा सिंचाई महाशाखा प्रमुख वरूण कर्ण, प्राविधिक टोलीको तर्फ बाट धनुषा र महोत्तरीका नापि शाखा तथा भुमिसुधार शाखाका कर्मचारीहरू, दुधमती संरक्षण समितिका अध्यक्ष श्याम राउत लगायत विभिन्न पदाधिकारीहरु उपस्थिति थिए।

ताजा अपडेट

खोजी गर्नुहोस