झापा पुगेको प्रचण्डले भने– गिरिबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छौं

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • २५३ पटक पढिएको

झापा पुगेको प्रचण्डले भने– गिरिबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छौं

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको गिरीबन्धु टी–स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने उद्घोष गरेकाछ्न ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिकामा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरण भण्डाफोर गरेरै छाड्ने बताएका हुन्।

सम्बोधनकै क्रममा प्रचण्डले अघिल्लो सरकार परिबर्तनको प्रसङ्ग ल्याउदै त्यतिबेला गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आएको थियो । साथै बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो। अनि रातारात गठबन्धन तोडिएर काङ्ग्रेस र एमालेको अप्राकृतिक गठबन्धन बनेको आरोप समेत लगाए ।

कार्यक्रमको दौरान झापामा अलपत्र हुलाकी राजमार्गमा अन्तरगत अलपत्र कन्काइ माइ र रतुवा पुलको निर्माण तीव्र बनाउन प्रतिनिधि सभामा दरिलो कुरा राख्ने आश्वासन दिए।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

खोजी गर्नुहोस