जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १९, शुक्रबार (४ दिन अघि)
  • ७२ पटक पढिएको

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

कानपुर । विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ ।

विहिबार विद्यालय पुगेर ती संस्थाका प्रतिनिधीहरुले विद्यालय पोशाक, झोला, स्टेसनरी, जुत्ता, मोजा, टोपी, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेका हुन् ।

रोटरी क्लव अफ काभ्रे बनेपाले सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट) का साथै मञ्जन, बस्र जस्ता सरसफाईका सामाग्री, लायन्स क्लव अफ भक्तपुर स्टार फेमेली र लायन्स क्लव अफ काभ्रे शंखुले विद्यालय झोला, सबल स्टेसनरी बनेपाले स्टेसनरी सामान, एनआइइसी बनेपाले जुत्ता, मोजा र सम्पूर्ण ड्रेस हाउस बनेपाले टोपी सहयोग गरेको थियो ।

लायन क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ जीका चिफ डिष्ट्रिक एड्मिनिष्ट्रेटर लायन इन्द्रकुमार श्रेष्ठ एमजेएफ र डिष्ट्रिक हेल्थ चेयर पर्सन माधव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारी, समाजसेवी अनुप लामिछाने लगायतले ती सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लायन इन्द्रकुमार श्रेष्ठले ग्रामिण भेगको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा सहयोग निरन्तर गर्ने विद्याल बताए ।

लायन माधव थापाले विद्यालयको भौतिक पूर्वाधार सुधार लगायतका काममा सहयोग गर्ने बताए ।

 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीले विद्यालयको दुरावस्था र आवस्यकताका कारण दातासंग सहयोगको लागि पहल गरेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइत सिं तामाङ, प्रधानाध्यापक प्रभा आचार्य, शिक्षक दिनेशप्रसाद अधिकारी लगायतले विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने सबै संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस