कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन : मन्त्री पाण्डे

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २५, बिहिबार (१९ घण्टा अघि)
  • ७० पटक पढिएको

कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतीहरु हटाउन सकिने बताएका छन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताएका हुन्।

‘हामी अहिले निकै ठूलो अप्ठ्यारोमा छौं। जति पनि समितिमा जति पनि विषयहरु उठछन् र सरकारमा गएर हामीहरुले काम गर्ने कोसिस गरिरेका छौं। सबै अप्ठ्यारा समाधानका निम्ती निकै ठूलो तत्परता चाहिन्छ,’ उनले भने, ‘राजनीतिक सन्र्दभमा पनि दुई ठूला दल एक ठाउँमा आउने गठबन्धन बनाउने र स्थिर सरकार दिएरै थुप्रै विकृति र बिसंगतीसँग लड्न सकिन्छ की भन्ने कुराको सदिक्षा हो। यसको अर्थ यो होइन की अरु राजनीतिक दलहरु निषेधमा परुन्, बलियो गठबन्धन, बलियो गठबन्धनले दिने राजनीतिक स्थिरता त्यसमा सबैको साथ सहयोग माओवादी, समाजवादी, जसपा र राप्रपालगायत सबैको साथ सहयोग भएपछि मात्रै देशले एउटा सकारात्मक बाटो तय गर्न सक्छ।’

मन्त्री पाण्डेले अहिले दिनप्रतिदिन युवाहरुमा निरासा बढ्दै गैइरहेको बताए। उनले युवाहरु रोजगारीका लागि विदेश पलायन धेरै नै बढीरहेको बताए। कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको उनले प्रष्ट पारे।

‘मेरो कुनैपनि विभागीय कर्मचारीहरुमथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु,’ उनले भने।

उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उदघोष गरे। उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने समेत उल्लेख गरे।

नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने बताउँदै मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा जोड दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस