सञ्चारमन्त्री गुरुङ भन्छन्- संविधान संशोधनको विषयमा तलमाथि हुँदैन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २६, शुक्रबार (८ घण्टा अघि)
  • ३८ पटक पढिएको

सञ्चारमन्त्री गुरुङ भन्छन्- संविधान संशोधनको विषयमा तलमाथि हुँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्‍याइरहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए।

‘काम गर्न बाधा पुर्‍याइरहेको ११ वटा कानूनहरुको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानूनविद्हरु रहेको कार्यदल बनाएका छौ,’ उनले भने, ‘त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो। किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो। यसमा तलमाथि गर्ने कुनैपनि कुरा छैन।’

उनले नीतिगत रुपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसको लागि कार्यदल बनाएर अगाडि बढेको बताए।

‘नीतिगत रुपले हामी संविधान संशोधनको विपक्षमा होइन्। अस्ती भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ,’ उनले भने, ‘संविधान संशोधन गर्न, संघीयता र संविधान कार्यान्वयनको समस्या पहिलाउन, संसदमा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरु जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के–के गर्नु पर्छ भनेर कार्यदलहरु गठन भएको छ।’

२३ पुसमा प्रधानमन्त्री केपी ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा ‘संसद्को अहिलेको कार्यकालमा दुईतिहाइ पुगेन भने ०८७ मा संविधान संशोधन हुन्छ,’ भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ। सोही विषयलाई लिएर मन्त्री गुरुङले स्पष्टिकरण दिन खोजेका हुन्।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस