रविको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • १८९ पटक पढिएको

रविको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

सहकारीको रकम हिनामिनाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने बयानका लागि काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलान मुद्दामा आजको कामठमाडौंमा रविको थुनछेक बहस सुरु हुँदैछ। त्यसैका लागि आइतबार कार्यालय खुलेलगत्तै रवि अदालत उपस्थित भएका हुन्।

उनको बयान काठमाडौं जिल्ला दालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलानमा ८४ दिन हिरासतमा बसेर रवि बिहीबार मात्र धरौटीमा रिहा भएका थिए। रविलाई प्रहरीले आफैं अदालत उपस्थित शर्तमा परिवारको जिम्मामा छाडेको थियो । त्यसपछि शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आएका उनी आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन्।

रविसँग स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ५ करोड ७८ लाख ९८ हजार ४८० बिगो मागदाबी गरिएको छ।

ताजा अपडेट

२०८१ चैत्र ३०, शनिबार

खस्रे गाउँमा होमस्टे संचालनमा

२०८१ चैत्र २८, बिहिबार

सफल हुने सपना

खोजी गर्नुहोस