प्राडा कोजुको पुस्तक ‘मुटुको कथा’ सार्वजनिक

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ २, बुधबार (७ घण्टा अघि)
  • ५० पटक पढिएको

प्राडा कोजुको पुस्तक ‘मुटुको कथा’ सार्वजनिक

काठमाडौं । धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक भव्य समारोहवीच पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ माकजु, हास्यकलाकार हरिवंश आचार्य, मुटु रोग विशेषज्ञ डा. स्मृति शाक्यले संयुक्त रुपमा लोकार्पण गरे।

प्रा.डा. कोजुको व्यक्तिगत अनुभव, मुटुरोगसम्बन्धी ज्ञान र आख्यानको मिश्रणले भरिपूर्ण छ। यस पुस्तकले मुटु तथा स्वास्थ्यका विविध पक्षबारे जानकारी मात्र नभई स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको छ।

कृतिबारे प्रा.डा. कोजुले भने, ‘उहाँको कथा, यहाँको कथा, मेरो कथा, हाम्रो कथा (हामी सबैको मुटुको कथा) आफ्नै अनुभवसँगै आख्यानसहितको मुटु तथा स्वास्थ्य सम्बन्धी कथाहरूको सङ्गालो लिएर यहाँहरु सामु आएको छु। यहाँहरुको मायाको अपेक्षा गरेको छ। आशा छ उपयोगी पनि रहनेछ।’

धुलिखेल काभ्रेमा जन्मिएका मुटुरोग डा। कोजु चिकित्सा क्षेत्रका एक स्थापित चिकित्सक हुन्।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजन्जबाट एमबीबीएस तथा बिएसएम, मेडिकल विश्वविद्यालय ढाकाबाट एमडी (कार्डियोलोजी) गरेका प्रा.डा. कोजु धुलिखेल अस्पतालका संस्थापक सदस्य तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिनसमेत हुन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस