बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नुस् : अर्थमन्त्री

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ७, सोमबार (२ हप्ता अघि)
  • ८३ पटक पढिएको

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नुस् : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन्।

कृषि विकास बैंक स्थापनाको ५८औं वर्षमा प्रवेश अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको इज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरे।

‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ। जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ। म सबै कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको ईज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ ।बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको ईज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्छ।’

उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए। उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे।

 

ताजा अपडेट

खोजी गर्नुहोस