तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्यो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ माघ ९, बुधबार (३ दिन अघि)
  • १०२ पटक पढिएको

तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्यो

कास्की । तीन बुँदे सहमतिपछि पोखरा महानगरपालिका लागेको ताला खुलेको छ।

मेयर धनराज आचार्यसँग तीन बुँदे सहमति भएपछि कांग्रेस समर्थित नगर सभासदहरूले महानगरमा लगाएको ताला आफैं खोलेका हुन्।

गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरुले मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए।

सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरुले भने महानगरको विशेष नगरसभाले पारित गरेका एजेण्डाहरू त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्य्क्ष विष्णुप्रसाद बरालले जानकारी दिए।

कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बीच गतमंसिर २३ गतेको विशेष नगरसभाले पारित सात बुँदे सहमति अक्षरस् पालना गर्ने, सम्पुर्ण वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प हुनगएको अवस्थामा महानगरको १६औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरासभा माघ ११ गते बोलाउने सहमति भएको छ।

कांग्रेस संसदीय दलका नेता आफूहरू करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरु कार्यान्बयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन।

यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले बिगतमा आफ्नो पार्टीसँग भएको सहमति बमोजिमका एजेण्डाहरू माघ ११ गतेको नगर सभामा पेश नभए बैठक नै चल्न नदिने दाबी गरेका छन्।

वडाध्यक्ष बरालले आउने नगसभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धि कार्य योजना लगायतका प्रस्ताबहरु नआएमा बैठक नै चलन नदिने बताएका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस